प्रजातन्त्र सेनानी भण्डारीको निधन

समताखबर
  २४ माघ २०७७, शनिबार १०:३८

काठमाडौं। प्रजातन्त्र सेनानी कर्ण बहादुर भण्डारीको आज विहान ६ः३७ बजे ८६ बर्षको उमेरमा निधन भएको छ । उहाँको नयाँ बानेश्वर काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँको आजै दिउसो २ बजे पशुपती आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

डडेल्धुराको तत्कालिन समैजी गा.बि.स वडा न ९ मा १९९१ चैत ९ गते जन्मनु भएका भण्डारी २००७ साल देखी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । प्रजातन्त्र प्राप्तीको आन्दोलनमा सक्रिय रहदा ३ महिना राजबन्दीको रुपमा जेल पर्न भएको थिाये ।

२०२८ सालमा डडेल्धुरा जिल्ला सभापति र तत्पश्चात् राष्ट्रिय पञ्चायतको सदस्य रही सुदूरपश्चिमको विकासका लागि महत्वपूर्ण योगदान दिनु भएका भण्डारी २०५६ सालमा राजपरिषद् स्थायी समितिको सदस्य समेत हुनुहुन्थ्यो ।

स्वर्गिय भण्डारीका चार जना सन्तान हुनुहुन्छ । चार सन्तानमध्ये माईला छोरा भक्त बहादुर भण्डारी मानवीय सेवामा समर्पित भक्त बि.बि.फर ह्युमानिटीका संस्थापक अध्यक्ष हुन् । उहाँ संयुक्त राज्य अमेरिकाको टेक्सासमा लामो समयदेखी परिवारसहित बस्दै आउनु भएको छ ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपाल सरकारले लामो समयसम्म लकडाउन गरेपछि निकै कठिन अबस्था झेली रहेका बेला भक्त बि.बि. फाउण्डेसनले नेपालका विभिन्न जिल्लाहरुका गरिब,सिमान्तकृत समुदाय र संचारकर्मीहरुलाई आबश्यक सुरक्षा सामाग्री र राहत विरतण कार्य गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *