राष्ट्रिय दलित पत्रकार संघको कैलाली शाखा गठन

पूर्णिमा जनाला
  २५ माघ २०७७, आईतवार ०८:५६

धनगढी । राष्ट्रिय दलित पत्रकार संघ नेपालको शनिवार कैलाली जिल्ला शाखा गठन गरिएको छ ।

संघको सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष रमा भट्टराई (जैरु) को अध्यक्षता र संघका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज मिलन परियारको विशेष उपस्थितिमा प्रथम जिल्ला भेलाबाट जिल्ला समिति गठन गरेको हो ।

भेलाले हिक्मतबहादुर भुलको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कल्पना बि.सी., सचिवमा पूर्णिमा जनाला र कोषाध्यक्षमा पुस्कर नेपाली चयन गरेको छ ।

समितिका अन्य सदस्यहरुमा रक्षा बागचन्द, रुपेश जैरु, प्रकाश नागरी, उशाकिरण ज्योति र विप्लव जैरु चयन भएका छन् ।

भेलाले आगामी फागुन २१ र २२ गते बुटवलमा हुने संघको प्रथम राष्ट्रिय महाधिबेशनका लागि पाँच जना प्रतिनिधि पनि छनौट गरेको छ ।

छनौट भएका प्रतिनिधिहरुमा कैलाली जिल्ला शाखा अध्यक्ष हिक्मतबहादुर भुल, उपाध्यक्ष कल्पना बि.सी.,सचिव पूर्णिमा जनाला,कोषाध्यक्ष पुस्कर नेपाली र कार्य समिति सदस्य उषाकिरण ज्योति रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *