
धनगढी । थरुहट राष्ट्रिय मोर्चाले कैलालीका दुई स्थानीय तहमा पालिका स्तरीय समिति गठन गरेको छ ।
चुहा सुगर मिलको प्राङगममा भएको भेलाले थरुहट थारुवान राष्ट्रिय मोर्चाले लम्कीचुहा नगरपालिकामा शिवचरण चौधरीको संयोजकत्वमा २५ सदस्यीय र बर्दगोरिया गाउँपालिकामा जगराम चौधरीको संयोजकत्वमा ३१ सदस्यीय समिति गठन गरेको छ ।
आगामी फागुन १५ र १६ कैलालीको हसुलियामा हुने विशेष सम्मेलनलाई सफल पार्न तिब्र गतीमा काम भईरहेको कैलाली जिल्ला संयोजक माधव चौधरीले बताए ।
Leave a Reply