भागरथीको शव अस्पतालमै

उषाकिरण ज्योती
  २८ माघ २०७७, बुधबार १०:५४

उषाकिरण ज्योती,धनगढी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ । घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनले अडान छाडेका छैनन् ।

बुधबार विद्यालय गएकी भागरथीको बिहीबार साँझ बीभत्स अवस्थामा शव फेला परेको थियो । शव फेला परेको ६ दिन भइसक्दासम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका काका शंकर भट्टले बताए ।

भागरथीको शवलाई अब काठको बाकसभित्र आइसमा राख्ने तयारी जिल्ला अस्पतालले गरेको छ । धेरै दिन भएकाले शव बिग्रने हुँदा सुरक्षित राख्न तयारी थालिएको अस्पताल प्रमुख डा। वसन्तराज जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *