अर्जुनको निर्देशनमा ‘गोरे सार्की’ बन्ने

समताखबर
  २८ माघ २०७७, बुधबार ११:२१

काठमाडौँ । गायक तथा फिल्म निर्माता अर्जुन कुमारले नयाँ फिल्म निर्माण घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत ‘गोरे सार्की’ फिल्म निर्माण घोषणा गरेका हुन् ।

‘द यूगदेखि यूगसम्म’, ‘चपली हाइट’, ‘चपली हाइट–२’, ‘फिटकिरी’, ‘फाटेको जुत्ता’ लगायत फिल्म निर्माण गरेका अर्जुन कुमारले यो फिल्म आफैले निर्देशन गर्न लागेका हुन् ।

लकडाउनको समयमा स्क्रिप्ट समेत आफैले तयार पारेको बताएका उनले फिल्मका बाँकी कुरो अहिलेलाई गोप्य राखिएको जानकारी दिए । एक कार्यक्रमको आयोजना गर्दै सबै सार्वजनिक गर्ने योजना रहेको उनले सुनाए । आउँदो जेठबाट छायांँकनमा निस्कने फिल्मका लागि कलाकार छनौटको क्रममा रहेको उनले बताए ।

थ्रिलर विषयमा ‘गोरे सार्की’ बन्न लागेको हो । कार्तिकमा रिलिज लक्ष्य राखिएको फिल्म नेपालको सबैभन्दा ठूलो थ्रिलर फिल्म हुने उनको दाबी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *