पर्साको देउरबाना गाउँमा दबाब समूह गठन

समताखबर
  २८ माघ २०७७, बुधबार १२:४५

वीरगञ्ज  ।  पर्साको सखुवाप्रसौनी गाउँपालिका-४ देउरबाना गाउँमा मंगलबार दबाव समूह गठन गरिएको छ। नागेन्द्र पासवानको संयोजकत्जमा १३ सदस्यीय दबाव समूह गठन गरिएको हो । सहसंयोजक हाकिम मुसहर सदस्यहरुमा युवराज मुसहर,जग मुसहर,ब्रह्मदेव मुसहर,रामजी पासवान, ठग पासवान,सरस्वतीदेवी मुसहर,सुखलीदेवी मुसहर,श्याम कुमार,नागेन्द्र पासवान, सुनैना देवी,मुनि मुसहर रहेका छन् ।

पिसफोर दलित फाउन्डेसनको आयोजनामा दबाब समुह गठन गरिएको हो । दलित समुदायको अधिकार सुनिश्चित गर्नका लागि एकताबद्ध गर्ने उदेश्यले समूह गठन गरिएको फाउण्डेनका अध्यक्ष मनोज रामले बताए । अध्यक्षका रामका अनुसार दबाव समूह पर्सा जिल्लाभरी गठन गरिने छ ।

स्थानीय तहबाट दलित समुदायले पाउनुपर्ने सेवा सुविधा तथा अधिकारको लागी समुहले वकालत गर्ने छ । विगतमा छुवाछुत, विभेद जस्ता कुसंस्कार सहेर बस्ने र अन्धविश्वास र अशिक्षामै रुमलिएको समाजलाई समूह मार्फत एकताबद्ध गरेर जागरुक हुनका लागी समुहको आवश्यकताा  परेको अध्यक्ष रामले बताए ।

दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानका संयोजक सुरेन्द्र पासवान, पिसफोर दलितस फाउन्डेसन नेपालका अशोक राम र परमान्द रामका, लगायतको उपस्थितीमा समुह गठन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *