भागरथीको न्याय माग गर्दै धनगढीमा विद्यार्थीको प्रदर्शन

समताखबर
  २९ माघ २०७७, बिहीबार १२:२९

धनगढी । भागरथीलाई न्यायको माग गर्दै धनगढीमा बिद्यार्थीहरुले आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । बैतडीमा बलात्कार पछि हत्या भएको एक साता पुग्नै लाग्दा पनि पीडित परिवारले अझै न्याय नपाएको भन्दै ऐश्वर्य विद्या निकेतनका बिद्यार्थीहरुले बिहीबार बिहान मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका हुन्।


उनीहरूले पीडित परिवार लाई उचित क्षतिपूर्ति र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै नाराबाजी सहित आँखामा कालो पट्टी बाँधेर उनीहरूले विद्यालयबाट मुख्यमन्त्री कार्यालय र त्यहाँ बाट पार्क मोड सम्म पुगेर विरोध प्रदर्शन गरेका थिए ।

उता हत्याका दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान परिवारले कायमै राखेको छ । सात दिनअघि बलात्कारपछि हत्या गरिएकी भट्टको शव अझै उठ्न नसकेको हो ।

शनिवार शव परीक्षण भए पनि आफन्तले शव बुझ्न नमानेकाले जिल्ला अस्पतालमै राखिएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता एवंम प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *