रामकुमारी झाँक्री पक्राउ

समताखबर
  २९ माघ २०७७, बिहीबार १३:०८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले शंखमूलस्थित उनको निवासबाट पक्राउ गरेको छ । कार्यकर्ताको चर्को नारावाजीका बीच झाँक्रीले गिरफ्तारी दिएकी हुन् ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले झाँक्रीलाई पक्राउ गरेको हो । उनीमाथि राज्यविरुद्धको कसुर गरेको आरोपसहित पक्राउ गरिएको हो । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा सोधपुछका लागि प्रहरीले झाँक्रीलाई बोलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *