तीन दिनदेखी हराएका बृद्धको खोजी

समताखबर
  २ फाल्गुन २०७७, आईतवार २२:३६

कंचनपुर । कंचनपुरको बेदकोट नगरपालिक-७ लालपुरका ६५ बर्षिय परुवा भुल तीन दिनदेखी परिवारको सम्पर्कमा छैनन् । गत ३० गते दिउँसो १२ बजे खाना खाएर पसल जान्छु भनेर गएका उनी अहिलेसम्म फेला परेका छैनन् । तीन दिनसम्म सम्पर्कमा नआएपछि खोजीका लागि परिवारले प्रहरीमा उजुरी दिएका छन् ।

डोटीको आदर्स गाउँपालिका -६ ढाँटबाडा घर भई ८ बर्षदेखी लालपुर बस्दै आएका उनी अहिलेसम्म घर नफर्केपछि घर परिवारले खोजी गरि रहेका छन् । उनको खोजीका लागि सबैले पहल गरि दिनहुन उनको परिवारले अनुरोध गरेका छन् । भेट्नु हुनेहरुले सम्पर्कका लागि सम्पर्क मोबाइल नं. 9805750325,9810704029 रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *