भागरथी हत्याका आरोपीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

समताखबर
  ५ फाल्गुन २०७७, बुधबार २१:२७

धनगढी । जिल्ला अदालत बैतडीले दोगडाकेदार गाउापालिका-७ चडेपानीकी १७ बर्षिया भागरथी भट्टको हत्या आरोपि दिनेश भट्टलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा मंगलबार पक्राउ परेका दिनेशलाई अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यानमुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।

भागरथीको बलात्कारपछि हत्या प्रकरणमा उनको संलग्नता पुष्टि भएको भन्दै प्रहरीले आजनै दिनेशलाई सार्वजनिक गरेको थियो ।

भागरथी माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *