बादी समुदायको सरकारी सेवामा पहुँच बढाउन अन्तरक्रिया

समताखबर
  ६ फाल्गुन २०७७, बिहीबार १९:४६

बुटवल । सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालको आयोजनामा लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय बादी संजालको समन्वय र सहकार्यमा विहिबार बुटवलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

बादी समुदायको सरकारी सेवा सुबिधामा पहुँच, सामाजिक न्याय तथा  बिकास र रुपान्तरणमा प्रदेश सरकार तथा सरोकारवाला निकायको भुमिका  बिषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय बादी संजालका अध्यक्ष केशव नेपालीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

लुम्बिनी प्रदेश सांसदद्धय कमला विक,दीपा बिक,सामाजिक विकास मन्त्रालयका उपसचिव शारदा बस्याल,राष्ट्रिय मानब अधिकार आयोग लुम्बिनी प्रदेशका सम्झना शर्मा लगाएत ५० जनाको कार्यक्रममा सहभागिता रहेको थियो ।

कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसी प्रमुख रहेका थिए । कमिट नेपालका महासचिव जगदीश नेपालीले कार्यक्रम संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *