
धनगढी । धनगढीमा रहेको अस्थायी कोरोना अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका २ का ७० वर्षीय पुरुषको सोमवार बिहान ५ बजेको समयमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
फागुन ३ गते अस्पतालमा भर्ना भएका पुरुषमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको सोमवार बिहान उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
Leave a Reply