सुदूरपश्चिममा दलितलाई धारा छुन समेत दिइन्न !

उषाकिरण ज्योती
  १० फाल्गुन २०७७, सोमबार ११:२४

उषाकिरण ज्योती। जातीय भेद्भाव तथा छुवाछूत (कसूर र सजाए) ऐन २०६८ जारी भएको नौ वर्ष वितिसक्दा पनि अझै जातीय विभेद् तथा छुवाछूत हट्न सकेको छैन।

अमरगढी नगरपालिका वडा नं ५, ६, ७ र ८ का एकै टोलमा दलित र गैरदलितका छुट्टाछुट्टै धारा रहेका छन् । यहाँ दलित र गैरदलित परिवारले बर्षौदेखी छुट्टाछुट्टै नाउला र धाराको पानी प्रयोग गर्दै आएका छन् । दुवैका नाउला र धारा करीब १५ देखि ५० मिटरको दुरीमा रहेका छन् ।

बाक्लो बस्ती रहेको अमरगढी नगरपालिका–६ छचोडामा २५० घर परिवार ताम्राकार समुदाय र २० घर परिवार साँहु,खड्का र रावल थरका बसोबास गर्छन् ।

सदरमुकाम नजिकैको गाउँमा चर्को विभेद भोग्नु परेको स्थानीय शिक्षक भक्तबहादुर बिकले बताए। आफूहरुले गैरदलितको नाउला र धारा प्रयोग गर्न नपाइएको बिकले सुनाए।

पानीको स्रोत घट्ने हुदा गर्मीयाममा पानीका लागि रातभरी जाग्राम बस्नुपर्ने स्थानीय पदम ताम्राकारले बताए । दुई घण्टाको पैदल दुरीमा रहेको खोलाबाट फोहर पानी पिउनुपर्ने बाध्यता छ उनले भने ।

अमरगढी नगरपािलका –७ जोशी गाउँमा पनि दमाई र जोशी परिवारका छुट्टाछुट्टै पानीका धारा छन् । जोशी परिवारको बाहुल्यता रहेको सो गाउँमा दलितहरुलाई आफ्नो धारा प्रयोग गर्नबाट बंचित नगरेको जोशी परिवारको भनाइ छ।

उच्च जातीय अहंकार नहट्दासम्म छुवाछुत हट्न नसक्ने भरत नेपालीले बताए । सुदूरपश्चिमेली समाजमा परम्पराको रुपमा मौलाइ रहेको यो दण्डनिय अपराध कानून कार्यान्वयमा कडाइ गरे मात्र मात्र हट्ने उनको भनाइ छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा दलित र गैरदलितका छुट्टाछुट्टै नाउला र धाराहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *