थरुहट-थारुवान मोर्चाको राष्ट्रिय सम्मेलन आज पनि जारी

समताखबर
  १६ फाल्गुन २०७७, आईतवार १०:०८

धनगढी । कैलारी गाउँपालिकाको हसुलियामा थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन आज पनि जारी छ ।

सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरुहट थारुवानको विशेष राष्ट्रिय सम्मेलन शनिबारदेखी सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले गरेका थिए ।


दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदाय, पहिचानवादी राजनीतिक दल र संघ संस्थासहितको सहभागितामा सम्मेलन सुरु भएको हो । सम्मेलन आजसम्म चल्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *