न्यायमा महिलाको पहुँच सम्बन्धी अन्तरक्रिया


  २३ फाल्गुन २०७७, आईतवार २३:५३

धनगढी । न्यायमा महिलाहरूको पहुँचसम्बन्धी धनगढीमा सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

१११ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा व्यापक छलफल पश्चात प्रदेश स्तरीय अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा ‘न्यायमा महिलाको पहुँच’ विषयक कार्यपत्र प्रस्तुत गर्दै कैलाली जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिबक्ता सुर परियारले विभिन्न कारणहरूले न्यायमा महिलाहरूको पहुँच नपुगेको बताए ।

मिलापत्र गर्नुपर्ने दवाव र आर्थिक प्रलोभनका कारण मुद्धा होस्टाईल हुँदा महिलाको न्यायमा पहुँच नपुगेको परियारले बताए । अदालतमा भाषाको समस्याले पनि पिडित महिलाहरुको मुद्धा ओझेल परेको र उनीहरु सूचनाबाट पनि बञ्चित हुनु परेको परियारको भनाइ छ ।

मुद्धा होस्टाईल हुनु, साक्षीको गोपनीयता भंग हुनु, पीडितलाई कानूनी न्यायसंगै समाजमा पुर्नस्थापनामा समस्या हुनुले पनि न्यायमा महिलाको पहुँच पुग्न नसकेको बारे व्यापक छलफल भएको थियो ।

कार्यक्रममा सुदूरपश्चिमम प्रदेश सभा सामाजिक विकास समिति सभापती कुन्ती जोशी,सदस्यद्धय टेक बहादुर रैका र दुर्गा विक,सुदूरपश्चिम प्रदेशका मुख्यन्यायाधिबक्ता कुलानन्द उपाध्याय,प्रा।डा हेमराज पन्त लगाएतले मन्तब्य राखेका थिए ।

न्यायमा महिलाको पहुँच बढाउनका लागि सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक लगायत थुप्रै चुनौतीहरू रहेको भन्दै बक्ताहरुले प्रदेश सरकार र महिला अधिकारको क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्थाहरुले गाउबस्ती स्तरमा सचेतना अभियान चलाउन जोड दिए ।

दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्रा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास मन्त्री कृष्ण प्रसाद सुबेदी थिए । कार्यक्रमको संचालन दलित महिला अधिकार मंच नेपालका कार्यक्रम संयोजक अभिलाषा भण्डारीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *