महिला अधिकार

मिना बिश्वकर्मा
  २४ फाल्गुन २०७७, सोमबार १४:३७

दमक २४ फागुन । महिला अधिकार भन्नाले हरेक महिलाले समाजमा स्वतन्तत्र पुर्वक जीवनयापन गर्न पाउने आधार हो । त्यस्ता अधिकारहरु जुन राज्यबाट निर्मित कानुनमा संस्थागत गरिएका हुन्छन । जसले सम्मानपूर्वक जिउनको लागि प्रोत्साहन गर्दछ ।

महिला अधिकार पुरुषमूखि सिद्धान्तमा महिला विरुद्ध हुने भेदभावमा निकालिएको कानुनि आवाज हो  । महिला अधिकारले हरेक क्षेत्रकात्रका महिलाको समस्या र समाधनको लागि सदैव वकालत गर्दछ ।

पितृसतात्मक सोच पुरुषत्वको अहंकारपूर्ण व्यवहारका कारण महिलाहरू विभिन्न प्रकारका विभेद तथा हिंसाबाट पीडित छन् । राज्य संचालनमा महिलाहरूको अधिकार सुनिश्चित गर्ने क्रममादेशमा विधमान वर्गीय, जातीय, क्षेत्रिय, भाषिक, धार्मिक, लैंगिक विभेद अन्त्य गरी आर्थिक समानता, समृदि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशि र सहभागीतामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पका साथ नेपालको संविधान २०७२ सालमा जारी भएको छ ।

नेपाल मा  जनता आफैले आफ्ना लागि संविधान बनाउने सपना २०७२ सालमा पुरा भएको छ । नेपालको संबैधानिक इतिहासमा पहिलो पटक जनतालाई सार्वभौम रूपमा स्वीकारी जनता आफैले बनाएको परिवर्तनमुखी संविधान तर्जुमा भई कार्यान्वयनमा आएको छ ।

समग्रमा महिलाका लागि विशेष व्यवस्था समावेश गरी अस्तित्वमा आएको यस संविधनले परिवर्तनका मुद्दाहरु संस्थागत गराउन आवश्यक पहल गर्नुपर्ने देखिन्छ । संविधान राम्रो बन्नु मात्र सबैथोक होइन, कार्यान्वयनमा ल्याउनु चै संविधानको सफलता हुन्छ। तसर्थ संविधानलाई व्यवहारमा उतार्नु आबस्क छ । जसले गर्दा महिलाको अधिकार सुनिश्चित हुन सकोस् ।

हुनत नेपाल मा महिलाहरू लाई विशेष अधिकार प्रदान गरिएको छ । सन् १९९० को संविधान अनुसार कुनैपनि पुरुषले महिलालाई कुनैपनि प्रकारको भेदभाव गर्न पाउदैन । सन् १९९७ मा कुनै पनि महिला यदि ३५ वर्ष सम्म अविवाहि रहिन भने उनलाई पनि अंशको उत्तिनै हिस्सा मिल्नु पर्छ भन्ने नियम बनाईयो ।

बि.स. २०६३ को संविधानले महिलाहरूको स्थिति सुधारमा विशेष ध्यान दिएको छ । यस अनुसार छोरीलाई पनि छोरा सरह अंश दिन मिल्छ र यदी कोइ महिलाले समबन्ध बिच्छेद गर्छिन भने उनको श्रीमानको सम्पत्तिको ५०५ सम्पत्ति उनको हुन्छ । यसका साथै सम्बिधानसभामा ३३५ सिट महिलाको हुने नियम छ ।

यसले महिलाहरूको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थालाई दिगो बलियो बनाउन मद्दत गरेको छ । राष्ट्रिय विकासका लागि पुरुष सरह महिलाहरूको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य रहन्छ ।   यो अधिकार प्राप्तगर्न धेरै अग्रज महिला  दिदिबहिनी हरूले ठुलो  र लामो संघर्ष गर्नु परेको थियो ।  

यिनै संघर्ष र असमाताहरूलाई मध्यनजर गरी आज भन्दा ठिक १०६ वर्ष अगाडि समानता ,न्याय,शान्ती,र बिकास  को लागि प्रारम्भ गरिएको अभियानको स्मरण गर्दै ८ मार्चको दिनलाई विशेष महत्त्वका रूपमा लिई विश्वभर अन्तराष्ट्रिय महिला दिवश मनाउदै आइएको छ ।

बिश्वकर्मा दमक,झापाका क्रियाशिल महिला अधिकारकर्मी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *