माधव नेपालको उद्‍घोष-केपी ओलीलाई धुलो चटाएरै छाड्छौं

समताखबर
  ५ चैत्र २०७७, बिहीबार २०:४१

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गर्ने कारबाहीको सामना गर्न तयार रहेको बताएका छन् ।

आफूनिकट राष्ट्रिय कार्यकर्ता भेलामा कार्यकर्ताले उठाएका प्रश्नको जवाफ दिँदै नेपालले प्रधानमन्त्री ओलीसँग डराएर आफूहरू नभाग्ने बताए । उनले अध्यक्ष ओलीले कारबाही गर्न लागे टाउँको अचानोमा राख्न तयार रहेको बताए ।

‘केपी ओलीले जनप्रतिनिधिबाट कारबाही सुरु गर्न सक्छन् । त्यसो हुँदा हामी पहिला हाम्रो टाउको अचानोमा राख्न तयार छौँ,’ उनले भने, ‘घाँटी छिनाए पनि हाम्रो शीर ठडिरहन्छ र ओलीलाई चुनौती दिइरन्छौं ।’

नेपालले अध्यक्ष ओलीको लिष्टबाट आफू पक्षी नेताहरूको नाम हटेपनि कम्युनिस्ट आन्दोलनबाट हटाउन सम्भव नरहेको बताए । ‘हाम्रा नेताहरूको नाम उनको लिष्टबाट हट्ला तर, कम्युनिस्ट आन्दोलनबाट हटाउन सम्भव छैन,’ उनले भने ।

उनले ओलीसँग डराएर मैदान छाडेर आफूहरू नभाग्ने बताए । ‘हामी यो मैदान छाडेर भाग्नेवाला छैनौं,’ उनले भने, ‘पार्टी बनाएर आएका छौँ । फेरि पार्टी बनाउँछौं, केपी ओलीलाई धुलो चटाउँछौं ।’

नेपालले २ जेठ २०७५ कै अवस्थामा पार्टी फर्किनु पर्ने बताए । ‘हाम्रो बटमलाइन २ जेठ २०७५ मै फर्किनु पर्छ भन्ने हो,’ उनले भने, ‘यसमा हामी कुन पनि सम्झौता हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *