रेशम चौधरीको रिहाइ सरकारको लेनदेनको विषय बन्न हुँदैन : राजकिशोर यादव

समताखबर
  ६ चैत्र २०७७, शुक्रबार १९:५९

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले रेशम चौधरीको रिहाइलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले संविधान संशोधन र रेशम चौधरी रिहाइको कुरा गर्दा सरकारमा आउने प्रस्ताव गरिएकाले रेशम चौधरीको विषयलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताएका हुन् । उनले चौधरीलाई लेनदेनको विषय बनाइए राजनीतिक बेइमानी हुने बताए ।

थरुहट आन्दोलनका सबै आन्दोलनकारीलाई राजबन्दीसरहको व्यवहार हुनुपर्ने र राजनीतिक समस्याका पर्‍यो । हामी रेशम चौधरीको कुरा गर्दा सरकारको लेनदेनको विषय बनाउँछन् । मलाई लाग्छ, रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुँदैन । त्यो सर्तको रुपमा बुझ्नु हुँदैन । नत्र त्यो राजनीतिक बेइमानी हुन्छ । त्यो राष्ट्रिय समस्या हो,’ उनले भने ।

सांसद यादवले जसपा फुटको हल्ला मिडियामा आएको भन्दै कुनै लोभ लालचमा नफस्ने र पार्टी नफुट्ने बताए । जसपाले सही समयमा सही निर्णय लिने उनले बताए ।

‘सहमतिको राजनीतिलाई अगाडि बढाउनुस् हाम्रो दल त्यसका लागि तयार छ । कसैले हामी फुट्नेवाला छैनौं । हामी कुनै लोभ, लालचमा फस्नेवाला छैनौं । हामी विवेकपूर्ण, देशको हितमा हामी यो मुलुकलाई अगाडि बनाउन सही समयमा सही निर्णय लिन्छौँ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *