
धनगढी : जातीवाद विरुद्ध युवा,जातीय हिँसा र छुवाछूत विरुद्ध हामी भन्ने मूल नाराका साथ ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस विविध कार्यक्रम गरि धनगढीमा मनाईएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग,जिल्ला प्रशासन कार्यालय,धनगढी उपमहानगरपालिका,ड्यान चर्च एड,ईन्सेक,गैरसरकारी संस्था महासंघ,दलित सेवा संघ,समता मिडिया सेन्टर,फाया नेपाल,दलित गैरसरकारी संस्था महासंघ,दलित महिला अधिकार मंच नेपाल,दलित महिला संघ,नेपाल राष्टिय दलित समाज कल्याण संघ,राष्टिय दलित नेटवर्क,याक नेपाल लगाएतका संस्थाहरुको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाईएको हो । सो अबसरमा प्रभातफेरी पनि गरिएको हो ।

धनगढी चौराहाबाट विहान ८ बजे शुरु गरिएको प्रभातफेरी पार्कमोडमा पुगी कोणसभामा परिणत भएको थियोे ।
कोणसभाका प्रमुख अतिथी एंव संविधानसभा सदस्य हरि श्रीपाईलीले देशमा ठूलो परिवर्तन भई तीन वटै तहको सरकार बनी सक्दा पनि जातीय विभेद र छुवाछूतको अन्त्य हुन नसक्नु राज्यको कमजोरी भएको बताए । उनले भने अब संघ,प्रदेश र स्थानीय गरि तीन तहका सरकारले सबै खाले विभेद तथा छुवाछूत अन्त्यका लागि दिर्घकालिन ठोस योजना नीति तथा कार्यक्रम निर्माण गरि प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।

कोणसभामा धनगढी उपमहानगरपालिकाका उपप्रमुख शुसिला मिश्र भट्ट,राष्ट्रिय मानवअधिकार आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख मोहन जोशी,दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली,दलित महिला जनप्रतिनिधी विमला जैरु लगायतले मन्तब्य राखेका थिए ।

कोणसभा दलित सेवा संघका केन्द्रीय अध्यक्ष ईश्वरी प्रसाद बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दलित गैरसरकारी संस्था महासंघका सुदूरपश्चिम प्रदेश संयोजक खड्क विकले गरेका थिए । जातीय विभेद उन्मूलन दिवसकै अवसरमा दलित मैत्री ऐन कानुन निर्माण र कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम चैत्र ९ गते अभियानकै रुपमा संचालन हुने सामाजिक विकास तथा जागरण मंचमा अध्यक्ष सचिव राजेन्द्र रैकाले जानकारी दिए ।
सोही अबसरमा जातीय विभेद अत्न्यका लागि प्रतिबद्धतासहित हस्ताक्षर संकलन पनि गरिएको थियो ।
Leave a Reply