तीन दिनदेखी लागेको आगलागी अझै नियन्त्रण आएन

आयुस्था शंकर
  ११ चैत्र २०७७, बुधबार ०८:४८

धनकुटा : सोमबारदेखि शुरु भएको फेदी फुजुलुुङ्ग गाउँको वन क्षेत्रको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । धनकुटा नगरपालिका-५ फेदी फुजुलुुङ्ग गाउँ नजिकको जंगलबाट सल्किएको आगो अझै नियन्त्रणमा आउन नसकेको हो ।

सोमबार राती ८ बजेदेखि सल्किएको आगो फैलिएर वडा नं. ७ सान्ताङ्ग गाउँमा पुगेको छ । फुजुलुुङ्ग गाउँको जंगलमा लागेको आगो बस्ती छेउ पुग्न लागेपछि मंगलबार बिहान ३ बजे स्थानीय बासिन्दाले प्रहरीलाई आगो नियन्त्रणका लागि गुहारेका थिए । स्थानीय बासिन्दा,प्रहरी र सेनाको अथक प्रयासले दुइ दिनपछि नियन्त्रणमा आएको आगो फेरी फैलिएर सान्ताङ्ग गाउँ पुगेको हो ।

सुरक्षा निकायले धनकुटा नगरपालिकाको २ वटा दमकलको सहयोगमा बिहान ५ बजे आगो केही हदसम्म नियन्त्रण गर्न सफल भएको थियो ।

फेरी ११ बजे देखी त्यहि ठाउँमा रोक्न नसक्ने गरी बढेको आगो सान्ताङ्ग गाउँमा फैलिएको छ । अहिलेसम्म आगो पुर्ण रुपमा नियन्त्रण हुन नसक्दा सुरक्षाकर्मि खटिरहेको धनकुटा प्रहरीले जनाएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *