सुदूरपश्चिममा गँड्यौला मल उत्पादन सुरु

समताखबर
  १२ चैत्र २०७७, बिहीबार ०६:०९

धनगढी : कृषि विकास निर्देशनालय दिपायलले प्रदेशमा कृषि फर्म सञ्चालन गरेका किसानलाई गँड्यौला मल उत्पादन कार्यक्रम सुरु गरेको छ ।

माटो बचाउ अभियान अन्त्रगत चालु आर्थिक वर्षमा सो कार्यक्रम राखिएको हो । सो अभियानमा प्रदेशका ५ वटा जिल्लाका किसानलाई छनोट गरिएको छ । पछिल्लो समय पहाडी जिल्लाका किसानले जमिन लिजमा लिएरै फर्म सञ्चालन गरेर तरकारी खेती गदै आएका छन् ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका दत्त राज अवस्थीले १० वर्षका लागी एक सय रोपनी जमिन लिजमा लिएर भागेश्वरी एग्री कल्चर लाइफ ई स्टक प्रा.लि. मार्फत तरकारी खेती गर्दै आइरहेका छन् ।

गँड्यौला मलले बिरुवालाई चाइने चिज बढी पाइने र पशुको गोबर मलबाट गँड्यौला मल निकाल्न सजिलो हुने भएकाले यस तर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ ।

खेतीका लागी गँड्यौला मल उपयुक्त रहेको हरियाली कृषि तथा पशुपक्षी बहुउद्देश्यीय फर्मका सञ्चालक भानबहादुर मल्लले बताए । मलको उत्पादनले रोजगारी सँगै उत्पादकत्व समेत बढ्ने उनको भनाइ छ ।

‘पात पतिँगर विभिन्न कुराहरू डस्वीनमा राखेर सेउलाहरू आगो लगाउँछौ,’उनले भने,‘यी फोहरहरू लाई गँड्यौला मार्फत शुद्ध मल बनाएर खेती योग्य जमिनमा हाल्न सक्छौ ।’ रासायनिक मल प्रयोग गरेका तरकारीहरू शरीरका लागि हानिकारक हुने भएकाले गँड्यौला मल प्रयोग गर्दा तरकारी पोसिलो हुन्छ।’

रासायनिक मलले माटो बचाउन नसक्दा दैनिक माटोको उर्वराशक्ति ह्रास भइरहेको अवस्थामा गँड्यौला मलको उत्पादन सुरु भएपछि त्यसतर्फ किसानको आकर्षण बढेको जी आर कृषि तथा पशुपालन फर्मका सञ्चालक लक्ष्मीकान्त पनेरुले बताए ।

गँड्यौला मल उत्पादनमा डडेल्धुराका २३,डोटीका ६,बझाङका ४, बाजुराका २ र कैलालीका ६ वटा कृषि फर्म सहभागी भएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ ।

मल उत्पादन कार्यक्रमका लागि १ करोड बजेट विनियोजन गरिएको प्रदेश कृषि निर्देशक यज्ञराज जोशीले बताए ।यस अन्तरगत ८५ प्रतिशत किसानले अनुदान पाउने छन्,उनले भने,‘त्यसमा १५ प्रतिशत किसानको हुनेछ,प्रति किसान डेढ लाख देखि दुई लाख सम्म अनुदान रकम प्रदान गरिने छ ।’

कार्यक्रमका लागि ४७ जना किसानहरूले आवेदन दिए पनि ४१ जना किसान छनोट गरिएको उनले बताए ।आधुनिक गँड्यौला भएकाले यसलाई एक ठाउमा राखेर हरियो पात पतिँगर गोवर सेउला हाल्ने र उसले खादा–खादा चिया पति जस्तो हुन्छ,उनले भने,‘त्यो मल माटोमा हालो भने माटोमा लाग्छ र उत्पादन बढ्ने सँगै माटोको उर्वराशक्ति पनि बढ्छ।’

उन्नत जातको गँड्यौला प्रति किलो २५ सयका दरले किन्न पाइने र त्यसबाट चार महिना भित्र मल उत्पादन भइसक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *