छूवाछूत अन्त्य गर्न प्रतिबद्ध छौँ : तीस संघ-संस्था

सुशील दर्नाल
  १२ चैत्र २०७७, बिहीबार ०६:४७

काठमाडौँ : विभिन्न गैरसरकारी संघ/संस्थाले देशमा व्याप्त जातीय भेदभाव तथा छूवाछूत अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

५६ औँ अन्तर्राष्ट्रिय जातीभेद तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा गैरसरकारी संस्था महासंघ, जागरण मिडिया सेन्टर, नेपाल पत्रकार महासंघ र शान्तिका लागि साझा अभियान (कोक्याप) लगायत विभिन्न गैरसरकारी संस्थाद्धारा बुधबार आयोजित ’जातीय छूवाछूत तथा भेदभाव अन्त्यका लागि नागरिक समाजको भूमिका’ विषयक अन्तरक्रिया गैरसरकारी संस्था महासंघमा आवद्ध करिब ३० वटा संघ/सस्थाले जातीय विभेद विरुद्ध एकजूट भएर संघर्ष गर्ने एक्येबद्धता जनाएका हून ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष जीतराम लामाले अधिकारको लागि सिमान्तकृत समूदायबीच एकताको आवश्यकता औँल्याउनूभयो । दलित गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माले नेपालको संविधानको प्रस्तावनामा उल्लेख समतामूलक समाज निर्माणका लागि सबै प्रकारका विभेद अन्त्य गर्नुपर्नेमा जोड दिनूभयो ।

राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विकले दलित शब्दभन्दा पनि उनीहरुले भोग्दै आएको समस्या समाधान गर्न केन्द्रित हूनूपर्नेमा जोड दिनूभयो । नेपाल पत्रकार महासंका सचिव रेम विश्वकर्माले राज्यका रहेका संरचनामा समाजको पिँधमा रहेका दलित समुदायको प्रतिनिधित्वको सुनिश्चिता हूनूपर्छ भन्नूभयो ।

यूथ एड्भोकेशी नेपालका अध्यक्ष नरेन खतिवडाले दलित समूदायको आर्थिक, सामाजिक र राजनीतिक अधिकार सूनिश्चितताका लागि सबै सामाजिक संघ/संस्था बीच एकताको आश्यकता औँल्याउनूभयो ।

दलित महिला उत्थान संघका अध्यक्ष पम्फा परियार र दलित महिला केन्द्रका अध्यक्ष गौरा नेपालीले दलित समूदायले भोग्दै आएका समस्या समाधानका लागि दलित र गैरदलित समूदायले संयूक्त रुपमा संघर्ष गर्नूपर्ने धारणा राख्र्नूभयो ।

कोक्यापका अध्यक्ष रोश्ना खड्काले विभेदसम्वन्धी भएका ऐन/कानूनको प्रभावकारी कार्यान्वयन र आवश्यक नयाँ कानुनहरु बनाउन सबैले जोड दिनुपर्ने बताउनु भयो । सन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल्ले भन्ने स्थानमा रङ्गभेदी कानुनविरुद्ध भएको एक शान्तिपूर्ण प्रदर्शन माथि प्रहरीले गोली चलाउँदा ६९ जना आन्दोलनकारी मारिएका थिए र ६ सय भन्दा बढीलाई घाईते भएका थिए ।

सो दुःखान्त घटनाको सम्झनामा संयुक्त राष्ट्रसङ्घले सन् १९६६ मार्च २१ को दिनलाई रङ्गभेद उन्मुलनको अन्तराष्ट्रिय दिवसको रुपमा घोषणा ग¥यो । सो दिनलाई विश्व रङ्गभेद दिवसको रुपमा मनाईदै आएपनि नेपालमा भने यो दिनलाई जातिभेद उन्मुलन दिवसको रुपमा मनाईदै आइरहेको छ ।

योभन्दा अघि संयुक्त राष्टसंघीय सहासभाले २१ डिसेम्बर १९६५ मा सबै प्रकारका जातीय विभेद उन्मुलन गर्ने अन्तराष्ट्रिय महासन्धि पारित गरि हस्तासन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल्ले भन्ने स्थानमा रङ्गभेदी कानुनविरुद्ध भएको एक शान्तिपूर्ण प्रदर्शन माथि प्रहरीले गोली चलाउँदा ६९ जना आन्दोलनकारी मारिएका थिए र ६ सय भन्दा बढीलाई घाईते भएका थिए ।

सो दुःखान्त घटनाको सम्झनामा संयुक्त राष्ट्रसङ्घले सन् १९६६ मार्च २१ को दिनलाई रङ्गभेद उन्मुलनको अन्तराष्ट्रिय दिवसको रुपमा घोषणा ग¥यो । सो दिनलाई विश्व रङ्गभेद दिवसको रुपमा मनाईदै आएपनि नेपालमा भने यो दिनलाई जातिभेद उन्मुलन दिवसको रुपमा मनाईदै आइरहेको छ ।

योभन्दा अघि संयुक्त राष्टसंघीय सहासभाले २१ डिसेम्बर १९६५ मा सबै प्रकारका जातीय विभेद उन्मुलन गर्ने अन्तराष्ट्रिय महासन्धि पारित गरि हस्ताक्षरका लागि सबै देशलाई आव्हान गरेको थियो । यो ४ जनवरी १९६९ देखि लागु भएको थियो । हस्ताक्षरका लागि सबै देशलाई आव्हान गरेको थियो । यो ४ जनवरी १९६९ देखि लागु भएको थियो ।

जातीय छुवाछूत र भेदभाव अन्त्यका लागि नेपालका नागरिक संगठनहरुको साझा प्रतिबद्धता विभिन्न ३० वटा गैरसरकारी संघ/संस्थाले जातीय छुवाछूत र भेदभाव अन्त्यका लागि नेपालका नागरिक संगठनहरुको १२ बूँदे साझा प्रतिबद्धता पत्र-२०७७ मा प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिबद्धता पत्रमा भनिएको छ ’हामी हाम्रो संस्थामा समावेशी सिद्धान्तको अक्षरस पालन गर्दै जातीय विभेद तथा छुवाछूतजन्य व्यवहार हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछौँ र हामी हाम्रो संस्थाको कार्य क्षेत्रको हरेक गतिविधि तथा क्रियाकलाप समावेशी सिद्धान्त अपनाउँदै जातीय विभेद र छुवाछूत मुक्त बनाउन कार्य योजनासहित गतिविधिहरु सञ्चालन गर्ने प्रतिबद्ध छौँ ।’ ती संघ/संस्थाले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका विद्यमान भएका ऐन/कानून र नीति कार्यान्वयन गर्न र गराउन प्रतिबद्ध हुने जनाउँदै जातीय भेदभाव तथा छुवाछूतजन्य व्यवहार मानवअधिकार गम्भीर उल्लंघन भएकाले त्यस्ता प्रवृत्ति रोक्न स्वंयम आफैँ र समाजमा हुन नदिन पहल गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *