एक दिने कार्यशाला गोष्ठी सम्पन्न

समताखबर
  २ भाद्र २०७९, बिहीबार १४:१३

बर्दिया : बर्दियाको राजापुरमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालद्धारा आयोजना गरिएको कार्यशाला बुधबार सम्पन्न भएको हो । कार्यशालामा बादी समुदायको आत्मसम्मानका साथै सामाजिक न्यायका लागि कमिट नेपालद्धारा गठन गरिएको समुह तथा संजालको सहभागीता रहको थियो ।

कार्यशालामा करुण महिला समुह, स्थानिय पैरवी समुह तथा महिला संजालका २५ जना सहभागी थिए । उक्त कार्यशालामा बिगत एक बर्षमा समुहले प्राप्त गरेको उपलब्धी,आईपरेका समस्या तथा चुनौति र असल अभ्यासको बारेमा समिक्षा गरिएको थियो ।

बादी समुदायमा देखा परेका समस्या र आगामी दिनमा चाल्नु पर्ने कदमहरुको बारेमा कमिट नेपालका कार्यकारी निर्देशक केशव नेपालीले सहजिकरण गरेका थिए । बादी समुदायका ब्यक्तिहरुले बिशेष गरी शिक्षा, जिविकोपार्जन, सुरक्षित आवास, जमिन, नागरिकता, जन्मदर्ता, विवाह दर्ता तथा चेलीवेटी बेचविखन जस्ता समस्याहरुबाट गुज्रिदै आएकाले समस्याहरुको सामाधानका लागि संघ संस्था, नागरिक समाज, सरकारी निकाय र बादी समुदायप्रति चासो राख्ने अन्य सरोकारवालहरुले सक्रिताका साथ लाग्नु पर्ने बारे छलफल गरेका थिए ।

कार्यशालाका सहभागीहरुले बिगतका चुनौती, सिकाई तथा उपलब्धीको मध्यनजर गर्दै आगामी बर्षको कार्ययोजना निर्माण गरि यसको पूर्ण रुपमा कार्यान्वय गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यशाला गोष्ठी निकै उपलब्धीमूलक भएको र यसले थप कार्य गर्न हौसला प्रदान गरेको सहभागिहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *