जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

समताखबर
  १६ भाद्र २०७९, बिहीबार ०८:५०

बझाङ : बझाङमा जीपको ठक्करबाट बुधबार एक पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् ।

केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथला तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जीपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिए ।

ओखेडाको घटनास्थलमै मृत्यु भएको हो । बुङ्गल नगरपालिका–६ घर भएका जीप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *