रामलाल जोशीको पुस्तक ‘बाआमा’ सार्वजनिक

समताखबर
  १७ भाद्र २०७९, शुक्रबार १८:५४

काठमाडौं : मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको पुस्तक ‘बाआमा’ शुक्रबार सार्वजनिक भएको छ ।

काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक भएको हो । सार्वजनिक पुस्तक बारे कांग्रेस महामन्त्री गगन थापा,साहित्यकार नयनराज पाण्डे लगाएतले कृतिको प्रशंसा गरेका थिए ।

साहित्यकार जोशी ऐना कथा संग्रहका लागि २०७२ को मदन पुरस्कार विजेता हुन् । उनको यस अघि हत्केलामा आकाश, गजल संग्रह,ऐना कथा संग्रह, सखी, उपन्यास प्रकाशन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *