पत्रकार शाही प्रतिनिधिसभामा उम्मेदवार सिफारिस

समताखबर
  २३ भाद्र २०७९, बिहीबार १८:०३

धनगढी : आसन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि कैलालीका एक पत्रकार उम्मेदवार सिफारिस भएका छन् । कैलाली क्षेत्र नम्बर २ बाट प्रेस चौतारी नेपालका केन्द्रिय लेखा आयोग सदस्य समेत रहेका कोसेली एफएमका निर्देशक लिलाराज शाही सिफारिस भएका हुन् ।

पार्टी निर्माण कार्यमा महत्वपूर्ण योगदान गरेको भन्दै शाहीलाई नेकपा एमालेका तर्फबाट सिफारिस गरिएको हो ।                                                                             

२०४७ साल जेष्ठ २ गतेदेखी एमाले राजनीति सुरु गरेका ५० बर्षिय शाही बिगत ३३ बर्ष देखि निरन्तर पार्टीमा सक्रिय उनी २०६२ सालदेखी पत्रकारीता क्षेत्रमा आबद्ध भएका हुन् । ०६४ मा प्रेस चौतारीको साधारण सदस्यबाट जिल्ला कमिटी सदस्य,०६७ मा जिल्ला कमिटी सचिव, ०६८ मा सेती अञ्चल समन्वय समिति सदस्य,प्रदेश कमिटी सदस्य,केन्द्रिय सदस्य र हाल केन्द्रिय लेखा आयोग सदस्य रहेका शाही हाल बर्दगोरिया गाउँपालिका २ सडकपुर बौनियास्थिथत कोसेली एफएम ९७. मेगाहर्जमा प्रबन्ध निर्देशक पदमा कार्यरत छन् ।

शाहीले पार्टीको संगठन बिस्तारमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै जिल्ला कमिटी कैलालीले प्रतिनिधिसभा तर्फ समानुपातिकमा केन्द्रिय कमिटीलाई सिफारिस गरिएको जिल्ला कमिटी सचिव डेजि पाण्डले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *