मृगौला पिडित दलित युवकलाई आर्थिक सहयोग

समताखबर
  ३१ भाद्र २०७९, शुक्रबार १५:२०

काठमाडौं : काठमाडौंमा रहेको शान्ति सेवा गृह र अमेरिकामा बस्ने नेपालीहरुले बाजुका एक मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । दुवै मृगौला खराब भएपछि एक महिनादेखि वीर अस्पतालमा उपचारत जगन्नाथ गाउँपालिका-६ तल्लो काप्रिका ३८ बर्षिय बालकेस दमाईलाई उपचारमा गृहले सहयोग गरेको हो ।

अमेरिका बस्ने समाजसेवी अम्मर क्षेत्री लगायतले ६३ हजार ५ सय सहयोग गरेका छन्, भने शान्ती सेवा गृहले खान,बस्न र उपचारमा सहयोग गरेको हो । आर्थिक अभावका कारण उनले जीवन बचाउनका लागि सहयोगको याचना गरि रहेका थिए ।

“पैसा अभाबमा जिवनमरणको दोसाधमा” समाचार दि हिमालयन टाईम्समा र बडिमालिका खबर डटकममा प्रकाशनपछि उनलाई उपचारमा सहयोग जुटेको बाजुराका हिरा बहादुर रोकायाले वताए । गृहले खान,बस्न र उपचारमा सहयोग गर्ने उक्त संस्थाका कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताईन् ।

बालकेस दमाइ पैसाको अभावमा याचना गरिरहेको समाचार मार्फत जानकारी पाएपछि उनको चार जना परिवारलाई खान बस्नमा सहयोग गरेको कार्कीले वताईन् । बालकेसकी श्रीमती उनका दुइ छोरा पनि काठमाडौंमा सँगै रहेका छन् । उनको मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले भनेका छन्, अहिले डाइलोसिस भइरहेको छ । खान,बस्नसँगै उपचारमा आर्थिक सहयोग गर्ने संस्थाका कार्यक्रम संयोजक बिजेन्द्र कुँवरले वताए ।

साँहुबाट चर्को ब्याजमा रिन काढेर उपचारका लागि काठमाडौं पुगेका उनको उपचारमा भएको थियो ।

उनको अहिले दैनिक १ हजार भन्दा बढी खर्च भइरहेको छ । अलिअलि गाउँलेले चन्दा संकलन गरेर अहिले सम्म जेनतेन उपचार गरिरहेको आफन्तले वताएका छन् । डाक्टरको रिपोर्ट र सल्लाह अनुसार दुवै मृगौला फेल भएकाले तल्काल प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । बालकेसले भने औषधी किन्न देखी अन्य उपचारमा पैसा नहुँदा बाँच्ने झिनो आशामा थिए अहिले सहयोग पाएपछि बाच्ने आश पलाएको वताए ।

बालकेसलाई एउटा मृगौला दिन उनकी श्रीमती तयार रहेकी छन् । एउटा मृगौला प्रत्यारोपण गर्न लाखौ खर्च लाग्ने भएकाले उनको उपचारमा समस्या भएको हो । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका बालकेस मृगौला फेल भएर जिवनमरणको दोसाधमा पुगेपछि उनको परिवार अहिले निकै बिच्चलीमा छन् ।

फोटो : बडिमालिकाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *