ग्रेडरको ठक्करबाट एक बालिकाको मृत्यु

समताखबर
  १५ मंसिर २०७९, बिहीबार १५:२६

धनगढी : धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुरस्थित पिपल चौतारा सडक खण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना.१ क. ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

उनकाअनुसार बालिका साइकलमा स्कुल जाँदै गर्दा सडकको लेबल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिएको थियो । ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *