बैतडी हत्या प्रकरण : सशस्त्र प्रहरी जवान पक्राउ

समताखबर
  १८ मंसिर २०७९, आईतवार १४:११

काठमाडौं : बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपि सशस्त्र प्रहरीका जवान भरतराम कोली पक्राउ परेका छन् । 

बैतडीको शिवनाथ गाउँपालिका–४ का कोली महेन्द्रनगरबाट पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी आइतबार बिहान  महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेका कोलीलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा बुझाइनेछ । माया गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेको अवस्थामा मृत भेटिएकी थिइन् ।

हत्याका आरोपि कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।  घटनापछि कोली  फरार रहेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *