जुम्लामा दुर्गमका बिरामी बोक्न ७० स्टेचर वितरण

समताखबर
  २१ मंसिर २०७९, बुधबार १५:०१

जुम्ला : जुम्लाका धेरैजसो दुर्गम गाउँमा सडक पुगेका छैन । सडक पुगेका गाउँमा पनि सवारी साधन गुड्दैनन् । सडक काटिएका ठाउँमा गत असोज तेस्रो साता आएको वर्षाको बाढी पहिरोले छेदबिच्छेद बनाएको छ । स्थानीय सरकार आइसकेपछि गाउँ-गाउँमा ग्रामीण सडक पुगेका छन् ।

गाउँ-गाउँमा सडक पुगेपनि सवारी पुग्न भने अझै समय लाग्ने देखिन्छ । गाउँ जोड्ने खोलामा मोटरेबल पुल नबन्नु र निर्माण भएका सडक स्तरवृद्धि नहुँदा एम्बुलेन्सलगायतका सवारी अझै गाउँमा पुग्न सकेका छैनन् । अझै गाउँबाट स्वास्थ्य चौकीसम्म बिरामीदेखि सुत्केरी लैजान स्टेचरको विकल्प छैन् । दुर्गम गाउँका लागि अहिले पनि स्टेचरनै स्तरीय सवारी हुन् । जुम्लाका अधिकांश गाउँमा अझै पर्याप्त स्टेचर नहुँदा डोकोमै बिरामी बोक्नुपर्ने बाध्यता छ ।

जुम्लाको सिंजा गाउँपालिकाले भने पालिकाभरीकै वस्तीलाई राहत हुने गरी करिब ६ दर्जन स्टेचर वितरण गरेको छ । सडक पुगेका तर गाडी पुग्न नसकेका बस्तीका बिरामी, सुत्केरीहरुको राहतका लागि स्टेचर वितरण गरिएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । वनपाखा, जङ्गलमा दाउरा घाँस काट्न जाँदा भिर र रुखबाट लडेर घाइते भएका बिरामीलाई समयमै उद्दार गर्न टोल-टोलमा पुग्नेगरी स्टेचर वितरण गरिएको हो । ‘एक महिला स्वयंसेविका, एक स्टेचर’ कार्यक्रम अन्तर्गत वितरण गरिएको हो ।

सिंजा गाउँपालिकाका ७ वटा वडामा जम्मा ७४ जना स्वयमसेविका रहेकोमा ७० जनालाई स्टेचर दिइएको छ,’ उनले भने । सिंजामा ३ वटामा स्वास्थ्य चौकी छन् । गाउँमा स्टेचर नभएको गुनासो धेरै आएपछि पालिकाको लगानीमा स्टेचर वितरण गरिएको अध्यक्ष धितालको भनाइ छ । गाउँमा गाह्रो पर्दा स्वास्थ्य चौकीसम्म तत्काल पु¥याउन स्टेचरले विशेष सहयोग पु¥याउने आशा गरिएको सिँजा गाउँपालिकाका स्वास्थ्य संयोजक ललितजंग रोकायाले बताए । उनका अनुसार सिँजा गाउँपालिका भित्र सबै बस्तीमा सडक बाटो पुगेतापनि सहजै एम्बुलेन्स जान नसक्ने भएकोले टोल बस्तीमा राहतका लागि स्टेचर दिइएको हो । स्टेचर पाएपछि सिंजाका महिला स्वयंसेविका खुसी भएका छन् ।

हेल्थआवाजबाट  

Leave a Reply

Your email address will not be published. Required fields are marked *