अन्तरक्रिया कार्यक्रम सम्पन्न

समताखबर
  २५ मंसिर २०७९, आईतवार १४:१०

बर्दिया : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालको आयोजनामा बर्दियाको राजापुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बादी समुदायका निर्दिष्ट सवाल र सार्वजनिक सेवाको पहुँचमा स्थानिय निकाय तथा सरोकारवालाको भूमिका बिषयक  एक दिने अन्तरक्रिया कार्यक्रम राजापुर कटेजमा सम्पन्न भएको हो ।

कमिट नेपालका केन्द्रीय अध्यक्ष प्रकाश नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु प्रमुख अथिति र नगर उप प्रमुख मनकला थारु बिशिष्ट अथितिको रुपमा सहभागी थिए ।

राजापुर नगरपालिका वडा नं.४ का अध्यक्ष बिदुर पोखरेल, वडा नंं १० का अध्यक्ष शिवलाल थारु,वडा नं.३ का अध्यक्ष रामु थारु र नगर कार्यपालिका सदस्यहरु, राष्ट्रिय बादी  संजालका केन्द्रीय अध्यक्ष केशव बादी (नेपाली),बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी,सरोकारवालाहरु र बादी समुदायका ब्यक्तिहरु गरी ३० जनाको सहभागिता रहेको थियो ।

संस्थाका कार्यक्रम संयोजक प्रकाश नेपालीले संचालन गरेको उक्त कार्यक्रममा राष्ट्रिय बादी संजालका केन्द्रीय अध्यक्ष तथा कमिट नेपालका कार्यकारी निर्देशक केशव नेपालीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत मार्फत स्थानीय बादी समुदायका बिशेष मुद्धाहरुको बारेमा संम्बन्धित सरोकारवालहरुको ध्यानाआर्कषण गराएका थिए ।

कार्यपत्रमा उल्लेख गरिएका सवालहरु :

१) समुदायमा आम्दानीको स्रोत बढाउन व्यावसायिक तालिम तथा अन्य आर्य आर्जनका लागि बिकल्प नहुनु ।

२) एकल महिला सामाजिक सुरक्षा भत्ता बाट बादी महिला बञ्चित हुनु परेको

३) परम्परागत पेशा लोप भएर गइरहेको र यसको संरक्षण गर्न नसकेकोु

४) जग्गा र आवासको ब्यबस्था नहुनु अधिकांश वादी समुदायका मानिसहरू सार्वजनिक जग्गामा बसोबास गरिरहेको 

५) बादी समुदाय गरिवीका कारण  स परिवार भारत तिर जाने जसले गर्दा बालबालिकाको पढाइमा समस्या

६) जन्म दर्ता प्रमाणपत्र र नागरिकता प्राप्तीमा  समस्या

६) समुदायमा रोजगारीको विकल्प नपाएको

८) विभिन्न क्षेत्र र सामुदायिक तहको संरचनामा बादी समुदायको पहुँच तथा समावेशीकरणमा ध्यान दिएको

९) अझै पनि वादी समुदाय भएकाले भेदभाव र कलंकको सामना गर्दै आएको ।

कार्यपत्रमा राजापुर नगरपालिकामा बसोबास गर्ने बादी समुदायको तथ्याङकको बारेमा पनि उल्लेख गरिएको छ ।
८१ घर परिवारका ४४० जना मध्ये महिला २३५ पुरुष २०५ छात्र ५७ छात्रा ४७ अपाङ्गता २
घर बिहिन १७ परिवार, जमिन बिहिन १४ परिवार, ऐलानीमा बसोबास गर्ने १३ परिवार रहेका छन् ।
त्यसैगरी दर्ता जमिन भएका ३७ परिवार एकल महिला ६ जना
नागरिकता नभएका ४ जना, जन्मदर्ता नभएका ३ जना, उच्च शिक्षा अध्ययनरत १२ रहेको तथ्यांक कार्यपत्रमा उल्लेख छन् ।

बादी समुदायले उठाएका सवालहरुको बारेमा कार्यक्रममा उपस्थित सरोकारवाहरुले बादी समुदायका सवालको बारेमा सकारात्मक प्रतिक्रिया दिएका थिए । कार्यत्रममा उठेका सवालहरुलाई संम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा राजापुर नगरपालिकाका नगर प्रमुख थारुले बादी समुदायको सवालमा यस नगरपालिकाले बिगतका बर्ष देखीनै नगरको क्षमता अनुसार बिभिन्न कार्यक्रममा सहभागी गराउदै आएको र आगामी दिनमा पनि बादी समुदायका मुख्य मागहरु जग्गा तथा आवास, नागरिकता, जन्मदर्ता र आर्थिक सुधारका कार्यक्रहरु संचालनका लागि आफुले ध्यान दिने प्रतिबद्धता जनाए ।

नगरपालिकाले नीति बनाएर बादी समुदायका एकल महिलाहरुलाई सुरक्षा भत्ता उपलब्ध गराउने बताए । बालबालिकाको शिक्षाको अधिकार सुनिश्चितताको लागि १२ कक्षा सम्म निशुल्क गरिएकोले आगामी दिनमा गरिबीका कारण कसैले पनि शिक्षाबाट बंचित हुनु नपर्ने धारणा राखे ।

कार्यक्रमका सभाध्यक्ष प्रकाश नेपालीले आंशिक रुपमा नभएर प्याकेज कार्यक्रमको रुपमा बादी समुदायका सवालहरुलाई सम्बोधन गर्न स्थानिय सरकारको ध्याआर्कषण गराए । स्थानिय सरकारले बादी समुदायको विकासका लागि अभिभाकत्वको भूमिका खेल्न समेत सुझाए । उनले बादी समुदायहरुबीच एकता नभएका कारण सरकारबाट प्राप्त गर्न सक्ने धेरै सेवा सुविधा लिन नसकेकोले अव सर्बप्रथम बादी समुदायनै अग्रसर हुनु पर्ने समेत बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *