सन्दीप लामिछाने २० लाख धरौटीमा छुटे 

समताखबर
  २९ पुष २०७९, शुक्रबार १४:२३

काठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् ।

उच्च अदालत पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उनी थुनामुक्त भएका । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *