मानव बेचबिखन नियन्त्रण गर्न प्रभावकारी संयन्त्र निर्माण गरिने

समताखबर
  ३० पुष २०७९, शनिबार १४:३२

धनगढी । कैलालीको धनगढी उप-महानगरपालिकामा बालश्रम शोषण,मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रभावकारी संयन्त्र निर्माण गरिने भएको छ ।

आफन्त नेपालको आयोजनामा बिहिबार उप-महानगरपालिका उप-प्रमुख कन्दकला रानाको कार्यकक्षमा न्यायीक समितिका पदाधिकारीबीच संयन्त्र निर्माण बारे छलफल भएको हो । 

छलफलमा न्यायीक समितिका सदस्य,वडा महिला सदस्य,जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका सेल प्रतिनिधी,माइती नेपाल,डिग्निटी फाउण्डेसन नेपाल,पत्रकार र आफन्त नेपालका कर्मचारीहरु सहभागी थिए । उप-महानगरपालिकामा यस अघिनै गठन गरिएको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्वन्धी स्थानिय समितिलाई सुदृढीकरण गरी सक्रिय रुपमा परिचालन गर्ने निर्णय भएको आफन्त नेपालका कार्यक्रम संयोजक बिर बहादुर नेपालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *