थारु समुदायले धुमधामका साथ मनाए माघी पर्व

समताखबर
  १ माघ २०७९, आईतवार १५:३४

काठमाडौं । आइतबार थारु समुदायले धुमधामका साथ माघी पर्व मनाएका छन् ।

यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । माघी पर्वका अवसरमा थारु बस्तीहरुमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

आजको दिन थारु समुदायले चामलको डिक्रि,बंगुरको मासु लगाएत बिभिन्न थारु परिकारहरु खाएर मनाउने गर्दछन् । माघ महिनाभर थारू बस्तीमा चहलपहल हुने गर्दछ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *