कैलालीमा वडा स्तरीय निगरानी समूह गठन

समताखबर
  २ माघ २०७९, सोमबार १२:०८

धनगढी । कैलालीको धनगढी उप–महानगरपालिका-३ चटकपुरमा वडा स्तरीय निगरानी समूह गठन गरिएको छ । शनिबार आफन्त नेपालको पहलमा हिरादेवी अछामीको संयोजकत्व ११ सदस्यीय निगरानी समूह गठन गरिएको हो । समूहको अन्य सदस्यहरुमा निता चन्द, लज्जावती राना, राजकुमार राना, रमेश बि.क., साबित्रा श्रीमाल, बिन्दु श्रीमाल, मेनका चौधरी, अमृता अछामी, सुरज रोका सदस्य र सृजना मगराती सदस्य सचिव रहेका छन ।

वडामा रहेका बाल क्लव, बाल सञ्जाल, आमा समूह, सामुदायिक बिद्यालय, बाल संरक्षण समिति, समाजसेवी, स्थानिय संघसंस्था र वडा कार्यालयका जनप्रतिनिधिहरुको भेलाले बालश्रम शोषणको रोकथाम, प्रारम्भिक पहिचान र अवस्था अनुगमनका लागि निगरानी समूह गठन गरेको बताईएको छ । 

युनिसेफ नेपालको आर्थिक सहयोगमा एटविन र आफन्त नेपालको सहकार्यमा सञ्चालित ‘बालश्रम शोषण रोकथाम, स्थानागमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना’ अन्तरगत निगरानी समुह गठन गरिएको आफन्त नेपालका कार्यक्रम संयोजक बिर बहादुर नेपाली बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *