“रेशम रिहा नभए सरकारलाई विश्वासको मत दिदैनौं,सरकारमा पनि सहभागी हुँदैनौं”

समताखबर
  ५ माघ २०७९, बिहीबार १४:४९

धनगढी । नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता रामेश्वर चौधरीले रेशम चौधरी रिहा नभए संघीय र प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएका छन् ।

रेशम चौधरीको रिहाई आफ्नो मुख्य माग भएको बताउँदै चौधरीले उहाँको रिहाई नभए संघीय र प्रदेश सरकारलाई विश्वासको मत नदिने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीकापुर बिद्रोहका क्रममा अदालतद्धारा दोषी ठहर गरी कारागारमा कैद सजाय काटिरहेका थरुहट आन्दोलनका अगुवा रेशम चौधरी सहितका व्यक्तिहरुलाई रिहा गर्ने आश्वासन दिएपछि नागरिक उन्मुक्ति पार्टीले संघीय र प्रदेश सरकारलाई समर्थन गरेको थियो ।

हामीले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको प्रतिबद्धतापछि संघीय र प्रदेश सरकारलाई समर्थन गरेका हौ । त्यही प्रतिबद्धता दोहर्याएपछि सभामुखका पक्षमा पनि मतदान गरेका हौ, उनले भने,तर अव रेशम चौधरी रिहा नभएसम्म सरकारलाई विश्वासको मत दिदैनौ । न त हामी सरकारमा नै सहभागी हुन्छौ ।

नेपाली काँग्रेसले हामीलाई मुख्यमन्त्री दिन्छौ भनेर आश्वासन दिएको भएपनि हाम्रो माग मुख्यमन्त्री नभई रेशम चौधरीको रिहाई आफ्नो पार्टीको बटमलाईन भएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *