प्रधानमन्त्री दाहालकी छोरी बनिन् स्वकीय सचिव

समताखबर
  ९ माघ २०७९, सोमबार १२:४०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात जनालाई सचिवालयमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरै तथा स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका छन् । गंगा प्रधानमन्त्री दाहालकी छोरी हुन् । त्यस्तै स्वकीय सहसचिवमा सूर्यकिरण शर्मा, मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेल नियुक्त भएका छन् ।

शर्माले प्रेस संयोजक तथा तिमिल्सिनाले प्रेस विज्ञको जिम्मेवारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *