भारी हिमपातले कर्णाली र सुदूरपश्चिमको जनजीवन प्रभावित

समताखबर
  ११ माघ २०७९, बुधबार १६:३३

कर्णाली । गए रातीदेखीको भारी हिमपातका कारण कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी हिमाली क्षेत्रको जनजीवन कष्टकर बनेको छ । हिमाली जिल्लामा परेको हिमपातले जनजीवन कष्टकर बनेको हो ।

कर्णाली प्रदेशको कालीकोट,जुम्ला, मुगु, हुम्ला र डोल्पाका अग्लो भागमा भारी हिमपात भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका दार्चुला,बैतडी,बझाङ र बाजुरामा पनि हिमपात भएको छ । हिमपातका कारण त्यहाँका स्थानीयको जनजीवन कष्टकर बन्दै गएको स्थानीयले जानकारी दिएका छन् ।

उच्च हिमाली जिल्लामा हिमपातका कारण सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज पनि प्रभावित भएको अधिकारीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *