यस्तो छ आज देशभरको मौसम

समताखबर
  १२ माघ २०७९, बिहीबार ०९:५९

काठमाडौं । आज पनि देशभरका केही भू-भागमा मौसम बदली भएको छ ।

पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभावका कारण गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो र राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार र शनिबार पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *