कैलालीमा चप्पल बनाउने तालिम सम्पन्न

समताखबर
  २३ माघ २०७९, सोमबार १०:३२

धनगढी । कैलालीको धनगढी उप-महानगरपालिका-१० घुईयाघाटमा शनिबार १० दिने चप्पल बनाउने तालिम सम्पन्न भएको छ । १० नं.वडा कार्यालयको आर्थिक सहयोग तथा न्यू फुलवारी दुना टपरी उधोगको आयोजनामा स्थानीय उत्पादनलाई बढवा दिँदै महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन भएको प्लाष्टिकको चप्पल बनाउने तालिम सम्पन्न भएको हो ।

माघ ११ गतेदेखी माघ २१ गतेसम्म संचालन गरिएको ६० घण्टाको उक्त तालिममा स्थानीय २७ महिलाको सहभागिता थियो । उक्त तालिमको प्रशिक्षक अन्जिता मगर हुन

वडा कार्यालयले महिलालाई आत्मनिर्भर बनाउन दुई लाख १० हजार खर्च गरेर तालिम आयोजना गरेको वडा अध्यक्ष शिवकुमार रानाले जानकारी दिए ।

समापन कार्यक्रममा धनगढी उपमहानगरपालिका उप प्रमुख कन्दकला रानाले स्थानीयस्तरमा बनेका चप्पल उचित बजार व्यवस्थापनको समस्या नभएको बताइन् । उनले भनिन अब तपाईहरु तालिम लिएर गाउँमै स्वरोजगार हुनुभयो अब चप्पल घरघरमा बनाउन थाल्नुस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *