मानव बेचबिखन रोकथाम सम्बन्धी दुइ दिने तालिम सम्पन्न

समताखबर
  २८ माघ २०७९, शनिबार १४:५८

महेन्द्रनगर । आफन्त नेपालले बाल अधिकार तथा मानव बेचबिखन विरुद्ध क्रियाशिल अधिकारकर्मीहरुको क्षमता अभिवृद्धिकालागि आयोजना गरेको दुई दिने तालिम शुक्रबार महेन्द्रनगरमा सम्पन्न भएको छ ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा एटविन र आफन्त नेपालको सहकार्यमा सञ्चालित ‘बालश्रम शोषण रोकथाम, स्थानागमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना’ अन्तरगत रोकथाम,अबरोध,फिर्ती,पुर्नमिलन,पुन:एकीकरण तथा परामर्श सम्बन्धी क्षमता विकास गर्न सो तालिमको आयोजना गरिएको हो ।

सो तालिममा कैलालीको धनगढी उप-महानगरपालिका,कंचनपुरको भिमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकामा आफन्त नेपालद्धारा गठन गरिएको निगरानी समूह,मानव बेचबिखनविरुद्ध क्रियाशिल गैरसरकारी संस्था,सिमा नाकामा कार्यरत कर्मचारी र संचारकर्मी गरी ३७ जनाको सहभागिता रहेको थियो ।

एटविन नेपालकी कार्यकारी निर्देशक बेलुमाया गुरुङ 

तालिमको सहजीकरण एटविन नेपालकी कार्यकारी निर्देशक बेलुमाया गुरुड र माईती नेपाल कैलालीका संयोजक शिव चरण चौधरीले गरेका थिए ।

दिन प्रतिदिन बढदो क्रममा रहेको बालश्रम शोषण तथा मानव बेचबिखन रोकथाम गर्न सम्बन्धीत सरोकारवाला संस्थामा कार्यरत अधिकारकर्मीहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले तालिममा आयोजना गरिएको आफन्त नेपालका कार्यक्रम संयोजक बिर बहादुर नेपालीले बताए ।

सहजकर्ता शिवचरण चौधरी

तालिममा बालश्रम शोषण तथा मानव बेचबिखनको हालको अवस्था र यस संग सम्बन्धित कानून,नीति नियमको बारेमा व्यापक छलफल गरिएको थियो । बालश्रम शोषण तथा मानव बेचबिखन रोकथामका लागि स्थानीय स्तरमा गर्न सकिने कृयाकलाप बारे समूह छलफल गरी निश्कर्ष समेत निकालिएको थियो ।

कार्यक्रमको समापनमा बालअधिकार समितिका सदस्य तथा प्रहरी सहायक निरीक्षक दिलसरा रानाले मानव बेचबिखन अन्त्यकालागि सबै एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिनइन् ।

बालश्रम शोषण तथा मानव बेचबिखन विरुद्धको अभियानलाई निरन्तरता दिनकालागि हरेक तह तप्काबाट योगदान पुर्याउन आवश्यक रहेको एटवीन नेपालकी केन्द्रीय उपाध्यक्ष तारा भण्डारीले बताइन् । तालिममा समता मिडिया सेन्टर,ओरेक नेपाल,शान्ति पुर्नस्थापना गृह,थ्री एन्जल्स नेपाल,निड्स नेपाल,साहसी महिला नेपालको सहभागिता रहेको थियो ।

एटवीन नेपालकी उपाध्यक्ष तारा भण्डारी

आफन्त नेपालद्धारा सञ्चालित ‘बालश्रम शोषण रोकथाम, स्थानागमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना’ विगत चार महिनादेखी कैलालीको धनगढी उप-महानगरपालिका कंचनपरको भिमदत्त र कृष्णपुर नगरपालिकामा संचालित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *