एभिन्यूज खबरकर्मी दुर्व्यवहारप्रति पत्रकार महासंघको ध्यानाकर्षण

समताखबर
  २८ माघ २०७९, शनिबार १५:४५

धनगढी । एभिन्यूज खबरकर्मी विवेक नागरीमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाको ध्यानाकर्षण भएको छ।

धनगढी उप–महानगरपालिका ४ की आर्तुसा हमालले एभिन्यूज खबरकर्मी नागरीमाथि बिहीवार दुर्व्यवहार गरेको प्रति महासंघको ध्यानाकर्षण भएको हो।

पत्रकार महासंघ कैलालीले बिहिबार नै प्रेस विज्ञप्ती जारी गरेको छ । महासंघका अध्यक्ष हिमालय जोशीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘विना अवरोध सार्वजनिक स्थानमा समाचार संकलन गर्न पाउनु पत्रकारको धर्म हो। यसरी समाचार संकलनको क्रममा अवरोध गरी दुर्व्यवहार गर्नु पत्रकारमाथिको अपमान भएको महासंघको ठहर छ। यस्ता कार्य नगर्न सरोकारवाला सम्पूर्ण पक्षलाई आग्रह गर्दैछौ।’

आर्तुसाले भने भिडियो सार्वजनिक गर्दै आफूले अनुमतिबिना भिडियो नखिच्न भनेको तर पत्रकारमाथि दुर्व्यवहार नगरेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *