मकवानपुरमा निसासिएर एक शिशुको मृत्यु

समताखबर
  २९ माघ २०७९, आईतवार १४:५४

हेटौँडा । मकवानपुरमा कोइला बालेर सेक्ने क्रममा निसासिएर चार दिने शिशु (बालक) को मृत्यु भएको छ। शनिबार मकवानपुरको भीमफेदी गाउँपालिका–४ थानसिङ गाउँमा आफ्नै घरमा कोइला बालेर सेक्ने क्रममा निसासिएर ४ दिनको शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरीका अनुसार घटनास्थलमा शिशुको बाबु २६ वर्षीय रुपेश घले र आमा २२ वर्षीया विपना थिङ निसासिएर बेहोस अवस्थामा भेटिएका थिए।

उनीहरुलाई उपचारका लागि शनिबार नै हेटौंडा अस्पताल ल्याइएको थियो। शिशुको आमा विपनालाई हेटौंडा ११ को चुरेहिल अस्पतालपछि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ। घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *