कालीगण्डकीमा बस खस्यो, १७ जना घाइते

समताखबर
  ३ फाल्गुन २०७९, बुधबार १२:४७

मुस्ताङ । म्याग्दी कोरोला यातायातको यात्रुबाहक बस दुर्घटना भएको छ । जोमसामबाट पोखरा जाँदै गरेको ना ७ ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका-३ लेतेस्थित कालीगण्डकी नदीमा खसेको हो ।

घाइतेमध्ये ४ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने १२ जनालाई उद्धार गरेर थप उपचारका लागि पोखरा पठाएको छ । यस्तै अर्का १ जनालाई अस्पताल पठाउने तयारी भइरहेको मुस्ताङका डीएसपी रवीन्द्र पौडेलले जानकारी दिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। बुधबार भएको दुर्घटनामा बस सडकबाट करिब ३० मिटर तल नदीमा खसेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *