‘प्रेमा’ चैत्र १७ गते रिलिज हुने

समताखबर
  २२ फाल्गुन २०७९, सोमबार १४:०१

काठमाडौं । पछिल्लो युवा पुस्ताका चर्चित चलचित्रकर्मी गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा बनेको चलचित्र  ‘प्रेमा’ को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका प्रमुख तीन कलाकार शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड छन् । नेपाली दर्शकहरुलाई फरक अनि थप मनोरंजन दिन चलचित्र युवा पुस्ताको प्रेमकथामा आधारित छ ।

काठमाडौं, धनगढी र कर्णालीका विभिन्न ठाउँमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टि लगायत विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) को सशक्त अभिनय रहेको छ ।

सामर्थ विक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको सङ्गीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको डीओपी छ ।

बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको चलचित्र आगामी चैत्र १७ गते अर्थात् ३१ मार्चमा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *