विदेशीन बाध्य युवाको कथा ‘छुकछुक छुकछुक’ रेलैको बाटो गुडेर (भिडियो)

समताखबर
  २२ फाल्गुन २०७९, सोमबार १४:४०

काठमाडौँ । राजनीतिकर्मी जागृत रायमाझीको शब्द तथा संगीतमा रहेको गीत ‘छुकछुक छुकछुक’ सार्वजनिक भएको छ । सुरज पण्डितको स्वर रहेको गीतमा संगीत संयोजन आभास श्रेष्ठको रहेको छ । युवा विदेशिएपछि रित्तो भएको गाउँको यथार्थ कथामा आधारित मार्मिक गीत गत फागुन ६ गते (शनिबार) अर्थात फेब्रुअरी १८ मा OSR Digital युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

गीत सार्वजनिक भएको आज १७ औ दिनमा ४९ हजार दुई सय ५२ जनाले हेरि सकेका छन् । १७ सय भन्दा बढीले भिडियो लाइक गर्दै सकारात्मक प्रतिकृया दिएका छन् ।

गीतको भिडियो केदार श्रेष्ठले निर्देशन गरेका हुन् । मल्लाज प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको भिडियोमा सुरज पण्डित, सबिना गोपाली, सेबिता अधिकारी, शंकर भण्डारी, शक्ति राई, रेजिना बस्नेत, होम बहादुर आचार्य, अदिति आचार्य लगायत कलाकारको अभिनय छ ।

भानुभक्त थापा निर्माता रहेको भिडियोका छायांकार सम्पादन प्रतीक सिंह हुन् । ‘छुकछुक छुकछुक’ बोलको गीतले देशमा भएको बेथितिले गर्दा लाखौँ युवाहरु वैदेशिक रोजगारीका लागि विदेशीन बाध्य भएको कथालाई प्रस्तुत गरेको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा विदेश पलायन भएका युवायुवतीलाई नेपालमा अहिले भइरहेको बेथितिको विरुद्ध आवाज उठाउन गीतले आह्वान समेत गरेको छ ।

भिडियो हेर्न तलको लिंक :

Leave a Reply

Your email address will not be published. Required fields are marked *