धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु  

समताखबर
  १० चैत्र २०७९, शुक्रबार १८:२९

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा आजदेखि विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साहित्य महोत्सवको उद्घाटन गरे ।

उद्धघाटन समारोहमा विभिन्न भेषभुषा, कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरिनुका साथै साहित्यकार तथा स्रष्टाहरूलाई सम्मान पनि गरिएको छ ।

सुदूर पश्चिमाञ्चल साहित्य समाजको आयोजनामा शिवनगरस्थित आफ्नै भवन परिसरमा आजदेखि सुरु भएको साहित्य महोत्सव चैत १३ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सव संयोजक यज्ञराज उपाध्यायले महोत्सवमा देश र विदेशका गरी करिब दुई सय साहित्यकारको सहभागिता रहेको बताए । सुदूरपश्चिमको भाषा साहित्य, लोक संस्कृतिको सम्बद्ध गर्नका लागि यो महोत्सवको आयोजना गरिएको उनको बताए । ‘हामीले विश्वभरि यहाँको कला संस्कृतिलाई चिनाउनुका साथै सुदूरपश्चिमको धनगढीलाई बौद्धिक चेतनाको सहर भनेर चिनाउन यो महोत्सव आयोजना गरिएको  हो ।,’ उनले भने । 

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, आसाम, देहरादुन, अमेरिका, भुटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ ।

महोत्सवमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई रु एक लाख ११ हजार राशिको बद्री–कृष्णा वाङ्मय पुरस्कार प्रदान गरि सम्मान गरिएको छ। त्यसैगरी अग्नी महाकाब्यका लेखक डा.नवराज लम्साल,सफल चलचित्रकर्मी उमेश मायालु लगाएतलाई सम्मान गरिएको छ ।

विशेष गरी नारी स्रष्टाहरूलाई देश विदेशमा चिनाउन र प्रदेशको भाषा साहित्य, लोक संस्कृतिको सम्बद्ध गर्नका लागि महोत्सवले थप टेवा पुर्‍याउने विश्वास गरिएको छ । साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *