प्रहरी र पहिचानवादीको झडपमा कम्तीमा १२ जना घाइते

समताखबर
  १४ चैत्र २०७९, मंगलवार १५:५७

विराटनगर । कोशी नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।

सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा १२ जना घाइते भएका छन् । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको हो ।

एसपी दीपक पोखरेलले दिएको जानकारी अनुसार झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएका छन् । यता आन्दोलनकारी तर्फ पनि छ जना घाइते भएको बताइएको छ । झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको थियो भने आन्दोलनकारीले प्रहरीमाथि ढु‌गामुढा गरेका थिए । झडपपछि आन्दोलनकारी फर्किएका छन् भने स्थिति सामान्यतर्फ फर्किएको छ ।

मुख्यमन्त्री कार्यालय नजिकै रहेको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तर्क्रियात्मक कार्यशालामा सहभागी प्रदेशसभा सदस्यहरुलाई दबाव दिन आएका प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो । आन्दोलनकारीले होटल विगको कफी सपको सीसा पनि फुटाइदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *