शिव शिखर सहकारी संस्थाका सेवाग्राही आन्दोलित 

समताखबर
  १६ चैत्र २०७९, बिहीबार १३:२५

डोटी । शिव शिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका सेवाग्राहीले डोटीमा आन्दोलन गर्ने भएका छन् । शिव शिखर विरुद्ध आन्दोलन गर्न डोटी चेम्बर अफ कमर्सको नेतृत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।

बुधवार दिपायल स्थित होटेल बर्षाको सभा हलमा उपस्थित व्यवसायीको एक भेलाबाट ११ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । शिव शिखरलाई कानुनी दायरामा ल्याउन डोटीमा संघष समिति गठन गरिएको बताइएको छ ।

डोटी चेम्बर अफ कमर्सको पहलमा गठन गरिएको समितिको संयोजकमा डोटी चेम्बर अफ कमर्स रहेको छ भने सदस्यहरूमा डोटी उद्योग वाणिज्य संघका सदस्य रञ्जना देवी बागचन,चित्रा पुन किम्तोला, खडक बहादुर खड्का, बबि कुमार बिसी, गणेश बहादुर सेटी, यज्ञ राज खड्का, लक्ष्मी कुवर, सरस्वती भुर्जा, अनिता देवी लामिछाने र निर्मला कुमारी कठायत रहेका छन् ।

दिपायलस्थित शिव शिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले व्यवसायिहरुको रकम सङ्कलन गरी सम्पर्कविहीन भएकाले आवश्यक कारबाहीका लागि पहल गर्न संघर्ष समिति गठन गरिएको डोटी चेम्बर अफ कमर्सका सचिव तेज डुम्रेलले बताए ।

संघर्ष समितिले संस्थालाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय डोटीलाई गुहार्ने जनाएको छ । शिव शिखर करिब दुई महिना देखी कार्यालय बन्द गरेर सम्पर्क विहीन भएको बचत कर्ताले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *