जातीय विभेदमा परेका कलाकार परियारले न्याय पाएनन

समताखबर
  १९ चैत्र २०७९, आईतवार १५:०४

काठमाडौँ । गत चैत १० गते काठमाण्डौ महानगरपालिका-१६ स्थित नवराज अम्गाईको छोराको व्रतबन्धमा पञ्चेबाजा बजाउन गएका कलाकार आयुश परियारको समूह जातीय दुव्यवहारमा परेका छन् । उनीहरुमाथि जातीय विभेद भएको छ।

जातीय विभेद गर्नेहरुलाई कारबाहीका माग गर्दै महानगरीय प्रहरी वृत्त बालाजुमा पिडितहरु आयुश परियार‚ हरि नेपाली‚ सन्तोष परियार‚ कल्पना नेपाली‚र कोपिला नेपालीले मुद्दा जाहेरी गरेका थिए तर उक्त जोहरीको अहिलेसम्म सुनुवाई भएको छैन् ।

नेपालमा जातीय विभेद सामाजिक अपराध सरह भएको भन्दै विभेद अन्त्यका लागि यथाशीघ्र पहल थाल्न दलित अगुवाले राष्ट्रिय दलित आयोगसँग माग गरेका छन् । घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

उनीहरुमाथि भएको जातीय विभेदको घटना नेपालको संविधान‚ जातीय भेदभाव तथा छुवाछूत र कसुर सजाय ऐन २०६८ र मानव अधिकार हनन विरुद्धको सन्धि‚ महासन्धि विपरित दण्डनीय कार्य भएको हाम्रो ठहर गर्दै दोषीलाई तत्काल पक्राउ गरी आबश्यक कारबाही प्रक्रिया अघि बढाउन आयोगले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *